काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले न्यायालयलाई भर्तिकेन्द्र बनाइएको आरोप लगाएका छन्।
राप्रपा (संयुक्त) र राप्रपाबीच आज भएको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले भने “परराष्ट्र नीति हेर्ने हो भने भारत असन्तुष्ट छ, चीनलाई पनि सन्तुष्ट बनाउन सकेको छैन अमेरिका पनि चिढिएको छ।मुलुकमा हरेक पद्धति बिग्रेको बेला प्रतिपक्षले गर्नुपर्ने काम गरेको छैन। आफ्नो घर झगडामा रहेको छ, सरकारसँग भागबन्डा गरेर बसेको छ।”
अहिलेको सरकार बहुदलीय ब्यवस्थामा सबैभन्दा बलियो सरकार भएपनि जनताको आकांक्षा एकपछि अर्को गर्दै कुल्चिदै गएको राणाको आरोप छ।
रााणाले थपे, “केन्द्रमा मात्रै होइन वडा–वडा, गाउँ गाउँसम्म विकेन्द्रिकरण गरेर भ्रष्टाचार बढाएको छ। जनतालाई करको भारी बोकाइएको छ।”
उनले एमसीसीलाई राष्ट्रको हित हुने गरी पारित गर्न पनि सरकारलाई सुझाव दिए।
“कुनै पनि विदेशी सहायता हामीलाई त्यसै दिँदैन, उसको केही न केही स्वार्थ रहेको हुन्छ” उनले भने, “मुलुकको हितलाई ध्यानमा दिएर काम गर्नुपर्ने ठाउँमा बर्बाद गर्ने काम भएको छ।”
राणा राप्रपाबीचको एकता चानचुने नभएको समेत बताए। उनले आउँदो निर्वाचनमा राप्रपाले दुई तिहाइ मत ल्याउने गरी अघि बढ्ने पनि बताए।
“राष्ट्रवादी शक्तिसामु ठूलो जिम्मेवारी आइलागेको छ, त्यसैले हामीले यो एकताको आवश्यकता महशुस भएर एक भएका हौं”, उनले भने, “मुलुकभरका कार्यकर्ताको दबाब र जनताको मागले नै हामी एक भएका हौं।”
पढ्नुहोस्
संवैधानिक राजसंस्थाको आवश्यकता छः प्रकाशचन्द्र लोहनी
राप्रपा महामन्त्री लिङ्देनले नेतृत्वलाई सुध्रिन चेतावनी दिए
गीता छोएर कसम खाँदै कमल थापाले भने- अब कहिले फुट्ने छैनौं
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भन्छन्- ‘कांग्रेसको विकल्प हामी नै हो’
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले न्यायालयलाई भर्तिकेन्द्र बनाइएको आरोप लगाएका छन्।राप्रपा (संयुक्त) र राप्रपाबीच आज भएको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले भने “परराष्ट्र नीति हेर्ने हो भने भारत असन्तुष्ट छ, चीनलाई पनि सन्तुष्ट बनाउन सकेको छैन अमेरिका पनि चिढिएको छ।मुलुकमा हरेक पद्धति बिग्रेको बेला प्रतिपक्षले गर्नुपर्ने काम गरेको छैन। आफ्नो घर झगडामा रहेको छ, सरकारसँग भागबन्डा गरेर बसेको छ।”

">