जर्मनीमा ७० प्रतिशतलाई कोरोना संक्रमण हुने खतरा छ - मर्केल
<p>काठमाडौं। जर्मनीकी चान्सलर एन्जेला मर्केलले त्यहाँको जनसंख्याको ६० देखि ७० प्रतिशतसम्मलाई कोरोना संक्रमण हुने खतरा रहेको उल्लेख गरेकी छन्। विज्ञहरूको हवाला दिँदै उनले उक्त खतरा औंल्याएकी हुन्।</p>
<p>उनले भाइरस संक्रमणको यो गति कम गर्न सरकार लाग्नुपर्नेमा जोड दिएकी छन्।</p>
<p>"भाइरस संक्रमण फैलिँदै गएको छ। मानिसहरूको प्रतिरक्षा प्रणाालीको मात्र भर पर्नुपर्ने अवस्था छ। उपचार पत्ता लागिसकेको छैन। ६० देखि ७० प्रतिशत मानिस संक्रमित हुनसक्छन्", बर्लिनमा आज आयोजित पत्रकार सम्मेलनमा मर्केलले भनेकी छन्।</p>
<p>जर्मनीमा अहिलेसम्म एक हजार २९६ मा संक्रमण भएको पुष्टि भएको छ जसमध्ये दुई जनाको निधन भएको छ। -रोयटर्सबाट</p>
प्रतिक्रिया दिनुहोस्