काठमाडौं। अहिले विश्वभर कोरोना संक्रमणको त्रास फैलिएको छ। चीनको वुहानबाट शुरू भएको कोभिड–१९ अहिले ११० दशेमा फैलिइसकेको छ।
यद्यपी नेपालमा भने यसको संक्रमण अहिलेसम्म भेटिएको छैन्। तर, पनि कोरोनाको त्रास भने सर्वत्र छ।
केही गरी कसैलाई कोरोना संक्रमण भएको शंका लागेमा त्यसको परीक्षण कहाँ गर्ने? रोगले विश्वव्यापी महामारीको रूप लिइरहेको बेला यस्ता सामान्य विषयमा सबैले जानकारी राख्नुपर्छ।
नेपालमा कोरोना संक्रमण भएको शंका लागेमा त्यसको परीक्षण गर्ने एउटै निकाय हो टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला।
कोरोना परीक्षणको लागि प्रयोगशालामा छुट्टै प्रयोगशाला बनाएको छ। अहिलेसम्म नेपालको जुनसुकै ठाउँमा कोरोना संक्रमण देखिए पनि त्यसको परीक्षणको काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्रै हुन्छ।
प्रयोगशालाले कोरोना परीक्षणको लागि त्यहाँको डा. श्रवन कुमार मिश्र, डा. रन्जित शाह, राजेश कुमार गुप्तालाई सम्पर्क गर्न सकिने बताएको छ।
त्यसैगरी, रातीको समयमा भने दिनेश थापा मगर र नरेश थापा मगरलाई सम्पर्क गर्न प्रयोगशालाले आग्रह गरेको छ।
कोरोनाका शंकास्पद विरामीलाई आइसोलेसनमा राख्नुपर्छ। आइसोलेशनमा राखिएकै ठाउँबाट रोगको शंका लागेका व्यक्तिको नमुना संकलन गरेर प्रयोगशालामा पठाउनुपर्छ।
प्रयोगशालाबाट २४ देखि ४८ घण्टाभित्र परीक्षणको रिपोर्ट आइसक्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बताएको छ।
रिपोर्ट पोजेटिभ देखिएको खण्डमा सम्बन्धित अस्पताल र डाक्टरलाई तुरून्त जानकारी गराउनुपर्छ।
" /> काठमाडौं। अहिले विश्वभर कोरोना संक्रमणको त्रास फैलिएको छ। चीनको वुहानबाट शुरू भएको कोभिड–१९ अहिले ११० दशेमा फैलिइसकेको छ।यद्यपी नेपालमा भने यसको संक्रमण अहिलेसम्म भेटिएको छैन्। तर, पनि कोरोनाको त्रास भने सर्वत्र छ।

">