काठमाडौं। स्वास्थ सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले कोरोना भाइरसको संक्रमणबारे सही सूचना प्रवाह गर्न आग्रह गरेका छन् ।
आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित अन्तरक्रियामा महानिर्देशक श्रेष्ठले गलत सूचना प्रवाह हुँदा समाजमा नकारात्मक प्रभाव परिरहेको उल्लेख गरे।
कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्न सरकारले गम्भीर भएर काम गरिरहेको बताउँदै उनले मन्त्रालयले हटलाइन र कल सेन्टर स्थापना गर्ने तयारी गरेको जानकारी दिए। “देशभरका सूचनाहरू दिनसक्ने गरी कल सेन्टर स्थापना गर्दैछौं। यो २/३ दिनभित्रै हुन्छ”, महानिर्देशक श्रेष्ठले भने।
उनले विभिन्न ४१ स्थानमा हेल्थ डेस्क स्थापना गरेको जानकारीसमेत दिए।
‘बेसार वा अल्कोहलले कोरोना नियन्त्रण हुन्न’
कार्यक्रममा डा. हेमन्त ओझाले कोरोना संक्रामणबाट बच्न सकिने भन्दै विभिन्न भ्रामक कुराहरू आइरहेकोप्रति सञ्चारमाध्यमको ध्यानाकर्षण गराए।
उनले भने, “कहीँ बेसारले ठीक हुन्छ भन्ने समाचार आएका छन्। लसुनले ठीक हुन्छ भन्ने कुरा पनि आएका छन्। औषधि वा भ्याक्सिन पत्ता लाग्यो भन्नेसमेत भ्याएका छन्। अहिलेसम्म यी सबै कुरा भन्ने कुरा मात्र हुन्। यसको पछि नलागौं। बेसार र लसुन स्वास्थका लागि राम्रो हुन सक्छ तर, कोरोनाको लागि भन्ने प्रमाणित होइन।”
उनले थपे, “विश्व स्वास्थ संगठनले नेपाललाई उच्च जोखिममा राखेकोले अहिलेसम्म अन्य देशमा भएको संक्रमणको आधारमा हामीले हेरिरहेका छौं। विश्व स्वास्थ संगठनको रिपोर्टलाई फलो गरिरहेका छौं। हामीले त्यहीअनुसार कोरोनासम्बन्धी रणनीति बनाउने हो।”
" /> काठमाडौं। स्वास्थ सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले कोरोना भाइरसको संक्रमणबारे सही सूचना प्रवाह गर्न आग्रह गरेका छन् ।आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित अन्तरक्रियामा महानिर्देशक श्रेष्ठले गलत सूचना प्रवाह हुँदा समाजमा नकारात्मक प्रभाव परिरहेको उल्लेख गरे।

">