विश्व स्वास्थ्य संगठनद्वारा कोभिन-१९ लाई विश्वव्यापी महामारी घोषणा

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग (कोभिन-१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख निर्देशक डा. टेड्रोस अधानोम गेब्रीयससले अन्तिम दुई सातामा चीन भन्दाबाहिर संक्रमितको संख्या १३ गुणाले बढेको बताए।

उनले संक्रमणले खतराको घण्टी बजाइरहेको अहिलेको अवस्थाप्रति आफू गहिरो चिन्तामा रहेको उल्लेख गरे।

कुनै रोग एकै समयमा धेरै देशमा फैलिएमा डब्लुएचओले विश्वव्यापी महामारी घोषणा गर्छ।

डा. टेड्रोसले कोभिन-१९ लाई विश्वव्यापी महामारी घोषणा गरे पनि यसको नियन्त्रणका लागि देशहरूले गर्नुपर्ने कामबारे डब्लुएचओले दिएका सुझावलाई कुनै परिवर्तन नगर्ने बताए।

उनले सरकारहरूलाई संक्रमणका विरूद्ध तत्काल र आक्रमक कारवाही गर्न आग्रह गरे। "यो भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ भन्ने कैयौं देशले देखाएका छन्" उनले भने, "सबै देशका सरकारले स्वास्थ्य सुरक्षा, क्षति न्युनिकरण र मानव जीवनको सम्मानबीच सन्तुलन कायम गर्नपर्छ।"

पढ्नुहोस्

विश्व स्वास्थ्य संगठनका निर्देशक भन्छन्- ‘कोभिड-१९ विश्वव्यापी महामारी बन्ने खतरा छ’

कोभिड-१९ महामारीको संघारमै उभिएर के गर्दैछौँ हामी ?

प्रतिक्रिया दिनुहोस्