कोरोनाको कारण देखाउँदै कृत्रिम अभाव बढेपछि इटहरीमा अनुगमन

इटहरी। कोरोना भाइरस संक्रमण विश्‍वव्यापी फैलिरहेको बेला इटहरीमा दैनिक उपभोग्य सामान, मास्क अभाव हुन थालेको छ।

बजारमा कृत्रिम अभाव बढाइएपछि इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गरेको छ।

खाद्यान्‍न, खाना पकाउने ग्याँस, मास्क लगायतका अत्यावश्यक सामानहरूको अभाव हुन थालेको उपभोक्ताको गुनासो आएपछि अनुगमन गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन्।

अनुगमनको क्रममा दुईवटा डिलरमा ग्याँस सकिएको र एकजना विक्रेताले लुकाएको भेटिएको गौतमले बताइन्।

त्यस्तै इटहरी क्षेत्रका सबै मेडिकल पसलेले मास्क नभएको बताएका छन्।

व्यापारीहरूलाई अत्यावश्यक वस्तुहरूको अभाव सिर्जना गरे कारवाही गरिने भन्दै अनुगमनको क्रममा सचेत गराइएको छ।

प्रतिक्रिया दिनुहोस्