विश्‍वव्यापी महामारीको घोषणा गरिसकेको छ।
" /> विश्‍वव्यापी महामारीको घोषणा गरिसकेको छ।
"> बेलायत बाहेकका युरोपेली देशका उडानलाई अमेरिका प्रवेशमा रोक: Dekhapadhi
बेलायत बाहेकका युरोपेली देशका उडानलाई अमेरिका प्रवेशमा रोक
काठमाडौं। अमेरिकाले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि बेलायत बाहेकका युरोपेली देशहरूबाट अमेरिकामा हुने उडानमा रोक लगाएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन सम्बोधनमार्फत भोलि, शुक्रबार मध्यरातदेखि लागू हुने गरी ३० दिनका लागि उक्त प्रतिबन्धको घोषणा गरेका हुन्।
यसबाट २६ वटा देशहरू प्रभावित भएका छन्।
ट्रम्पले यूरोपमा फैलिएको कोरोना भााइरसको संक्रमण अमेरिका छिर्न नदिन आफूले ठूलो निर्णय लिएको दाबी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।
ट्रम्पले भने,  "नयाँ संक्रमण हाम्रो क्षेत्रमा भित्रिन नदिन हामी यूरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रालाई स्थगित गर्नेछौं।"
अमेरिकामा एक हजार १३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। तीमध्ये ३८ जनाको मृत्यु भएको छ।
राष्ट्रपति ट्रम्पले अमेरिकाको अर्थतन्त्रमा कोरोनाभाइरसको प्रकोपको असरलाई रोक्नको लागि साना व्यवसायहरूलाई अर्बौं डलर  सहुलियत दिने योजनाको पनि घोषणा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्