तनहुँमा ४० करोड लगानीमा औषधि उद्योग निर्माण थालियो <p>दमौली। तनहुँको व्यास नगरपालिका-१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग निर्माण शुरू गरेको छ।</p> <p>भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शिलान्यास गरे।</p> <p>प्रालिका अध्यक्ष कालीदास पौडेलले ४० करोड रूपैयाँ लागतमा बनाउन शुरू गरिएको भवनको निर्माण दुई वर्षभित्र सकिने बताए। &nbsp;</p> <p>३० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको सो उद्योग ४८ रोपनी क्षेत्रफलमा फैलिएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्