युभेन्टसका रक्षक रूगानीमा कोरोना भाइरस संक्रमण
काठमाडौं। इटालियन महारथी युभेन्टसले आफ्नो रक्षक डेनियल रूगानीलाई कोरोना भाइरस परीक्षणमा ‘पोजेटिभ’ देखिएको जनाएको छ।

इटालीका रक्षक रूगानीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सिरी ‘ए’ क्लब युभेन्टसले नियमानुसार सम्पुर्ण सावधानी अपनाएको जनाएको छ।

रुगानीको सम्पर्कमा भएका हरूलाई पनि निगरानीमा राखिएको क्लबलले जनाएको छ।

कोरोना भाइरसका कारण इटालीमा ३ अप्रिलसम्मका लागि सम्पूर्ण खेलकुद गतिबिधि स्थगित गरिएको छ।

२५ वर्षे रूगानीले यस सिजन युभेन्टसबाट सात खेलमात्र खेलेका छन्।

क्लबले उनको उपचारका लागि आवश्यक सबै कदम चालिएको जनाएको छ।

रूगानीले युभेन्टसबाट चार सिरी ‘ए’ उपाधि जितेका छन् भने इटालीबाट सात खेल खेलेका छन्।

इटालीमा १२ हजारभन्दा धेरैमा कोरोना भाइरस संक्रमण देखिएको छ भने ८२७ को मृत्यु भइसकेको छ।

इटाली फुटबल संघले कोरोना भाइरसका कारण सिरी ‘ए’ सिजन पूर्ण हुन नसक्ने जनाइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्