यस्ता छन् आजको संसद बैठकको कार्यसूची

काठमाडौं। आज बिहान ११ बजेदेखि शुरू हुने प्रतिनिधि सभाको बैठकका लागि पाँच वटा सम्भावित कार्यसूची तय गरिएको छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार सांसद खगराज अधिकारीले भारत सरकारले अतिक्रमण गरेको दार्चुलाको कुटियाङदी र लिम्पियाधुरालाई नेपालको भूमि कायम गर्न र कालापानी क्षेत्रमा रहेका भारतीय सैनिक हटाउन संकल्प प्रस्ताव पेश गर्दैछन्।

त्यस प्रस्तावमा सांसद रामकुमारी झाक्रीले समर्थन गर्ने छिन्।

त्यस्तै अर्थ एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले धितोपत्र सम्बन्धी संशोधन विधेयक विचारका लागि प्रस्ताव गर्नेछन्।

गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्नेछन्।

आजकै बैठकमा कृषि तथा पशुपन्छि विकास मन्त्री घनश्याम भुसालले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकलाई सम्बन्धित समितिमा दफाबार छलफलका लागि पठाउन प्रस्ताव गर्नेछन्।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार गृहमन्त्री थापाले अन्तरदेशीय संगठित अपराधविरुछको महासन्धि अन्तर्गतको पालेर्मो अभिसन्धिको छलफल र अनुमोदनको लागि पेश गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्