भक्तपुर। भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न आग्रह गरेको छ ।
नगरपालिकाले भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, डा इवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बाल अस्पताल र जनस्वास्थ्य केन्द्रलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएमा स्वास्थ्य परीक्षण गर्न छुट्टै श्ययाको व्यवस्था गर्न पत्राचार गरेको छ।
नगरपालिकाले कोभिड–१९ को संक्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणका लागि नगरका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा क्षमता अनुसार छुट्टै शय्याको व्यवस्था मिलाउन पत्राचार गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए। रासस