प्राइम कमर्सियल बैंकमा गाभियो कैलास विकास बैंक, २०० नेटवर्कको सञ्‍जाल
काठमाडौं। प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरू गरेको छ।

आज काठमाडौंमा एक कार्यक्रम अयोजना गरी बैंकले एकीकृत कारोबारको औपचारीक घोषणा गरेको हो।

गत २० असारमा भएको सम्झौताअनुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले १०० बराबर ९४ दरको स्वाप रेसियोमा प्राप्ति गरेको हो।

प्राइममा र कैलाश गाभिएपछि बनेको प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी करीब १४ अर्ब रुपैयाँ पुगेको छ भने पूँजीकोष करीब १९ अर्ब पुगेको छ।

एकीकृत कारोबारको औपचारीक शुरूवात गर्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले आफ्नो पूँजी बढाई अझ विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्नका लागि मर्जरलाई विशेष प्राथमिकतामा राखेको बताए।

उनले कैलाश विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको पोर्टफोलियो १ खर्ब ३० अर्ब भन्दा बढी पुगेको बताए।

मर्जपछि बैंकको शाखा १ सय ९९ पुगेको छ। केन्द्रीय कार्यलयसम्म गरेर प्राइमको नेटवर्क २०० पुगेको छ। त्यस्तै, बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्