ट्वीटरले भन्यो- कोभिड-१९ बाट जोगिन घरै बसेर काम गर्नू <p>काठमाडौं। कोभिड-१९ले विश्वव्यापी महामारीको रूप लिएसँगै सामाजिक सञ्जाल ट्वीटरले विश्वभरका आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्न भनेको छ। ट्वीटर कम्पनीमा संसारभर करिब पाँच हजारजनाले काम गर्छन्।</p> <p>&quot;हामीलाई थाहा छ यो यसअघि कहिल्यै नलिइएको निर्णय हो तर यो अभुतपूर्व समय हो। यसअघि यस्तो कहिल्यै भएको थिएन। र हामीले जतिसक्दो सहयोग जारी राख्नेछौं&quot;, ट्वीटरले आफूले जारी गरेको सूचनामा भनेको छ।</p> <p>विश्व स्वास्थ्य संगठनले २८ फागुन राती सार्वजनिक गरेको स्थिति प्रतिवेदन अनुसार संसारभर एक लाख १८ हजार ३२६ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ। यो संक्रमण ११४ देशमा फैलिएको छ जसबाट चार हजार २९२ जनाको निधन भएको छ। २८ फागुनमा मात्रै २८० जनाको निधन भएको छ। -सीएनएनबाट</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्