काठमाडौं। चीनको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले आज कोरोना भाइरसको संक्रमण सकिएको घोषणा गरेका छन्।
वुहान शहरबाट सन् २०१९ को डिसेम्बरको अन्त्यतिरबाट फैलिन शुरु गरेको कोरोना भाइरस संक्रमणको महामारी चीनमा सकिएको घोषणा गरिएको हो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ लाई विश्वव्यापी महामारी घोषणा गरेको अर्को दिन चीनले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण सकिएको घोषणा गरेको हो।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले त्यस्तो घोषणा गरेको हो। पछिल्लोसमय चीनमा निरन्तर रूपमा संक्रमित बिरामी र मृतकको संख्या घटिरहेको थियो।
वुहान शहरमा पुस महीनापछि पहिलोपटक २८ फागुनमा ८ जनामा मात्र संक्रमण देखिएको छ। चीन भन्दा बाहिर सबैभन्दा बढी संक्रमितको संख्या इटालीमा देखिएको छ।
जहाँ १२ हजार ४६२ जना संक्रमित छन्। त्यसपछि क्रमशः इरानमा ९ हजार र दक्षिण कोरियामा सात हजार ८६९ जना संक्रमित भएका छन्। कोभिड–१९ को संक्रमण ११४ देशमा पुगेको छ।
अमेरिकाले ३० फागुन मध्यरातदेखि लागू हुनेगरी युरोप (बेलायतबाहेक) बाट हुने सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ। यस्तो प्रतिबन्ध यसअघि चीनका उडानका लागि लगाइएको थियो।
" /> काठमाडौं। चीनको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले आज कोरोना भाइरसको संक्रमण सकिएको घोषणा गरेका छन्।वुहान शहरबाट सन् २०१९ को डिसेम्बरको अन्त्यतिरबाट फैलिन शुरु गरेको कोरोना भाइरस संक्रमणको महामारी चीनमा सकिएको घोषणा गरिएको हो।

">