काठमाडौं। पूर्वडीआईजी रमेश खरेलले देशका प्रमुख दलको नेतृत्व नसुध्रिए देशैभरका जनता सडकमा आउने बताएका छन्।
राजनीतिक दल खोल्ने उद्देश्यका साथ ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा कार्यक्रममा उनले प्रमुख दलका नेताहरू नसुध्रिए देशैभरका नेपाली मात्र नभएर विदेशमा रहेका नेपाली समेत शान्तिपूर्ण रूपमा सडकमा उत्रिने बताए। देशको सीमा मिचिदा कोही पनि नबोलेको उनको आरोप छ।
“देशको सीमा मिचिएको छ कोही बोल्दैन, बोले जस्तो मात्र गर्छ, राष्ट्रियतामाथि प्रश्न चिन्ह खडा भएको छ”, उनले भने, “विदेश जाँदा विदेशीले हामीलाई हेर्ने दृष्टिकोणमा फरक आएको छ।”
खरेलले देश अपराध, अपराधी र लागूऔषध तस्करहरूको ट्रान्जिट प्वाइन्ट भएको आरोप पनि लगाए। देशमा भएको कुशासनका लागि जनतालाई सचेत बनाउन अभियान थालिएको खरेलले बताए। भ्रष्टाचारविरोधी अभियानमा जोडिन चाहने सबै पक्षसँग मिलेर जाने पनि उनले बताए।
पूर्वडीआईजी खरेलले ६ महीनापछि राजनीतिक दलको रूप दिने उद्देश्य राखेर आज अभियानको घोषणा गरेका हुन्।
उनले अहिले मुलुकमा भ्रष्टाचारका विभिन्न काण्डै काण्ड भइरहेको भन्दै अब भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा सबै एक भएर हिड्नुपर्ने धारणा राखे। खरेलको संयोजकत्वमा शुरू भएको अभियानको केन्द्रीय तदर्थ कार्यकारी परिषदमा पूर्व रक्ष सचिव देवेन्द्रप्रसाद सिटौला, डा.नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेका छन्।
भ्रष्टाचार मुक्त राष्ट्र निर्माण, राष्ट्रियताको संरक्षण र प्रवर्द्धन, लोकतन्त्रको जगर्नेनाको लागि निर्वाचन लगायतका आधारभूत प्रणालीहरूमा सुधार, राजनैतिक शुद्धीकरण, कानूनी शासनको प्रत्याभूति र सक्षम नियमन व्यवस्था उद्देश्यमा समेटिएका छन्।
निःशुल्क र गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवातर्फ राष्ट्रको अग्रसरता, सृजनशीलताको कदर, रोजगारी सिर्जना र युवा वर्गमा उत्साह र उत्प्रेरणा अभिवृद्धि र सुसंस्कृत, सम्बृद्ध र समतामुलक समाजको निर्माण गर्ने अभियानका मुख्य उद्देश्यहरू रहेका छन्।
अभियानलाई देशैभर लगेर सुशासनका लागि केन्द्रित रहने हाम्रो नेपाल सुशासन अभियानको योजना रहेको छ।
अभियानले भ्रष्टाचार अन्त्यको लागि देशव्यापी रूपमा नागरिक खबरदारी गर्ने, सुशासनको लागि दवाबमुलक नागरिक कार्यक्रमहरू गर्ने, संवैधानिक अंगहरूबीच शक्ति सन्तुलनको लोकतान्त्रिक अभ्यासका लागि नागरिक दवाब सिर्जना गर्ने, नागरिकहरूले विभिन्न सेवा लिनको लागि ती निकायबाट झेल्नु परेको समस्या समाधानको लागि काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानबाट नागरिक सहायक कक्षको शुरूआत गर्ने पनि उल्लेख छ।
" /> काठमाडौं। पूर्वडीआईजी रमेश खरेलले देशका प्रमुख दलको नेतृत्व नसुध्रिए देशैभरका जनता सडकमा आउने बताएका छन्।राजनीतिक दल खोल्ने उद्देश्यका साथ ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा कार्यक्रममा उनले प्रमुख दलका नेताहरू नसुध्रिए देशैभरका नेपाली मात्र नभएर विदेशमा रहेका नेपाली समेत शान्तिपूर्ण रूपमा सडकमा उत्रिने बताए। देशको सीमा मिचिदा कोही पनि नबोलेको उनको आरोप छ।

">