काठमाडौं। कोरोना भाइरस संक्रमणको आशंकाका कुनै पनि बिरामी नभागेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले स्पष्ट पारेको छ।
आज देखापढीसँग कुराकानी गर्दै अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले कोरोनाका नक्कली बिरामी बनेर हल्ला फैलाइएको बताए।
“कोरोनाको बिरामी हुँ भनेर भ्रम फैलाइएको छ, त्यसको पछाडि नलाग्नु होला”, उनले भने, “मिडियामा प्रकाशित भएका समाचार झुठा हुन्।”
केहीदिन अघि एक पत्रिकामा नेपालगञ्जका एक विरामी अस्पतालबाट भागेर घर फर्केको समाचार प्रकाशित भएको थियो। समाचारमा उनी स्वस्थ भएर फेरि अस्पताल फर्केको उल्लेख गरिएको थियो।
उनै बिरामीलाई अस्पतालले नक्कली बिरामी भनेर स्पष्ट पारेको हो। आज दिउँसो १ बजेसम्मको तथ्याङ्क अनुसार कोरोना भाइरस संक्रमण भएको आशंकामा अहिलेसम्म ४२ जना बिरामीहरू (सस्पेक्टेड केस) अस्पताल पुगेका छन्।
अस्पतालको आइसोलेसन वार्डमा ३ जना कोरोनाका आशंकित बिरामीहरू छन्। ३८ जनाको नेगेटिभ रिपोर्ट आएपछि उनीहरू घर फर्किसकेका छन्।