काठमाडौं। मिर्गौला प्रत्यारोपणपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्नी राधिका शाक्यले भेटेकी छन्।
आज दिउँसो शाक्यले अस्पताल पुगेर प्रधानमन्त्रीलाई भेटेकी हुन्।
प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटरमा लेखेका छन्, “प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा निरन्तर प्रगति। दोस्रो भिजिटरको रूपमा प्रथम महिला राधिका शाक्यले भेट्नुभो।”
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि संक्रमणको उच्च जोखिम रहने भन्दै चिकित्सकहरूले कसैलाई भेट्न दिएका थिएनन्।
हिजो, २८ फागुनमा प्रधानमन्त्रीलाई मिर्गौला दिएकी भाञ्जी समीक्षा संग्रौलाले भेटेकी थिइन्।
प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
" /> काठमाडौं। मिर्गौला प्रत्यारोपणपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्नी राधिका शाक्यले भेटेकी छन्।आज दिउँसो शाक्यले अस्पताल पुगेर प्रधानमन्त्रीलाई भेटेकी हुन्।

">