आजदेखि मनकामनामा केबलकार सञ्‍चालन
मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवाको प्रवेशद्वार (बटम स्टेशन) चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा रहेको छ।
मन्दिर दर्शन गर्न आउनेहरुको चाप बढेसँगै केबलकारको संख्या थप गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिए।
३४ वटा डब्बाले यात्रु र ३ वटा डब्बाले खाद्यान्न लगायतका सामग्री बोक्ने गरी व्यवस्था मिलाइएको छ।
गोरखाको शहीद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिरमा दर्शन र पूजाका लागि प्रत्येक दिन ३ हजार ५०० जनासम्म भक्तजनहरुले केबलकार चढ्ने गरेका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्