काठमाडौं। देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेक आवतजावत बन्द गर्ने र पकेट एरिया लक डाउने गर्ने योजना सरकारले बनाएको बताए।
निश्चित समूदाय, वस्ती, बासस्थान गाउँ टोल, वडा, पालिका, जिल्ला र प्रदेशसमेतलाई पकेट एरिया घोषणा गर्न सकिने सरकारले जनाएको छ। यसैगरी महामारी अवधिभरी अत्यावश्यक सामग्रीबाहेक अन्य वस्तुको आयात निर्यात पनि बन्द गर्ने र स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाका बन्द गर्ने योजना सरकारले बनाएको छ।
“अत्यावश्यक बोह अन्य बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डउने गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ”, उनले भने, “आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्ने गरी सहकार्य भइरहेको छ।’
कोरोना भाइरस संक्रमण विकसित भएअनुसारको व्यवस्थापन गर्ने गरी सरकारले तयारी गरेको पनि उनले बताए।
देशका विभिन्न ४३ वटा सीमा नाकामा स्वास्थ्यकर्मीहरूसहितको टोली परिचालन गरिएको छ। स्थानीय तहले पनि स्वास्थ्यकर्मी परिचालन गरेका छन्।
देवकोटाका अनुसार नेपालमा अहिलेसम्म साढे ४०० को परीक्षण गरिएकोमा एकजनामा बाहेक कुनैमा संक्रमण नदेखिएको बताए।
संक्रमित देशबाट आउनेहरूले कोरोना फ्रि सर्टिफिकेट अनिवार्य ल्याउनुपर्ने, नेपालीहरूले अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए।
टेकु अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेको समेत मन्त्रालयका प्रवक्ता देवकोटाले बताए।
" /> काठमाडौं। देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ।आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेक आवतजावत बन्द गर्ने र पकेट एरिया लक डाउने गर्ने योजना सरकारले बनाएको बताए।

">