कोरोना भाइरसको संक्रमणबाट भारतमा एकजनाको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट भारतमा पनि एक जनाको मृत्यु भएको छ।

भारत केन्द्र सरकारलाई उद्धृत गर्दै बीबीसीले लेखे अनुसार कर्नाटक राज्य कालाबुर्गीका ७६ वर्षीय वृद्धको मृत्यु भएको हो। कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुने यी पहिलो व्यक्ति हुन्।

केही दिनअघि साउदीबाट फर्किएका ती वृद्धको श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि एक साताअघिबाट चिकित्सकले उनको घरमै उपचार शुरू गरेका थिए।

२६ फागुनमा स्थानीय एक निजी अस्पतालमा भर्ना भएका उनको प्रारम्भिक जाँचमा कोरोना भाइरसको संक्रमण पाइएको थियो।

भारतमा अहिलेसम्म ७३ जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्