क्यानडाका प्रधानमन्त्री ट्रुडोकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रुगोएयर ट्रुडोलाई कोरोना भाइरसको संक्रमण भएको छ।

उनको कार्यालयले सोफीलाई कोरोना भाइरसको परीक्षण 'पोजेटिभ' देखिएको गएराति पुष्टि गरेको छ।

४४ वर्षीय सोफी केही समयअघि मात्र लण्डनबाट क्यानडा फर्किएकी थिइन्। उनी दुई दिनअघिबाट बिरामी परेकी थिइन्।

सोफी अहिले 'सेल्फ आइसोलेसन' मा बसेकी छन्। उनले भनेकी छन्- 'म अहिले भाइरसले संक्रमित भए पनि छिट्टै नै पूर्ण स्वस्थ भएर फर्किनेछु।"

"क्यानेडाली परिवारले भोगिरहेको स्वास्थ्य समस्याको तुलनामा म घरमै आइसोलेसनमा बस्नुपरेको अवस्था केही पनि होइन", प्रधानमन्त्री पत्नी सोफीले भनिन्।

प्रधानमन्त्री ट्रुडो भने स्वस्थ रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।

तर, उनी पनि दुई साताको लागि 'सेल्फ आइसोलेसन' मा बस्‍ने छन्।

प्रतिक्रिया दिनुहोस्