कोरोना भाइरसको संक्रमण रोक्न बैतडीका पाँच वटा नाका बन्द
बैतडी। कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि भारतसँग सीमा जोडिएको पाँच नाका बन्द गरिएका छन्।

पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए।

बन्द गरिएका नाकाहरूमा बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट छन्।

यी नाका हुँदै डुंगाबाट मानिसहरूको आवतजावत हुन्थ्यो।

कोरोना भाइरस संक्रमणलाई रोक्न पूर्व सतर्कता अपनाउँदै नाकाबाट आवतजावत बन्द गरिएको बैतडी स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

मुख्य नाका झुलाघाटमा १० फागुनबाट हेल्थ डेस्क राखिएको छ।

तल्लोस्वराडका अन्य चार नाकामा भने हेल्थ डेस्क संचालनको तयारी भइरहेको बताइएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्