अर्कैको काउन्सिल नम्बर राखेर उपचार गर्ने नक्कली चिकित्सक पक्राउ

सुर्खेत। अर्कैको काउन्सिल दर्ता नम्बर राखेर बिरामीको उपचार गरिरहेका शुभलक्ष्मी अस्पताल सुर्खेतका एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दीपेन्द्र काफ्ले छन्।

नेपाल मेडिकल काउन्सिल बाँसबारीले ५ फागुनमा पत्र पठाएर काफ्लेमाथि अनुसन्धान गर्न अनुरोध गरेको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले बताए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि काफ्लेलाई कारवाहीको लागि निर्देशन दिएको थियो।

उनलाई सुर्खेत जिल्ला अदालतबाट तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान थालेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्