अर्घाखाँचीमा गाउँपालिकाको पहलमा मास्क उत्पादन थालियो
<p>अर्घाखाँची। बजारमा मास्कको अभाव भइरहेको बेला छत्रदेव गाउँपालिकाले मास्क उत्पादन शुरू गरेको छ।</p>
<p>गाउँपालिकाले स्थानीय टेलर्स व्यवसायीमार्फत मास्क उत्पादन थालेको अध्यक्ष लेखनाथ पोखरेलले बताए।</p>
<p>गाउँपालिकाले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सबै वडाका वासिन्दालाई वितरण गर्ने गरी ३० हजारभन्दा बढी मास्क उत्पादन गर्ने लक्ष्य राखेको छ। </p>
<p>"नेपालमा पनि कोरोना भाइरस संक्रमणको जोखिम छ, यसको फाइदा उठाउँदै अत्यावश्यक वस्तुहरूको कालोबजारी गरिरहेका छन्", पोखरेलले भने, "त्यही भएर पालिका आफैँ मास्क उत्पादनमा लागेको हो।" <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्