कोरोना त्रासः तपाईंलाई देखिएको लक्षण के हो, चिन्नुहोस्

काठमाडौं। कोभिड-१९ को सन्त्रास फैलँदो छ। कतिपयले आफूलाई रूघाखोकी लाग्दा, ज्वरो आउँदा वा टाउको दुख्दा पनि कोरोना भाइरस संक्रमणको आशंका गर्न थालेका छन्।

तर, रूघाखोकी लाग्‍नासाथ वा टाउको दुख्‍नासाथ कोरोना भाइरसकै संक्रमण हुँदैन।

त्यस्तो लक्षण सामान्य फ्लु वा एलर्जीको पनि हुनसक्छ। त्यसैले आफूमा देखिएको लक्षण चिन्न जरूरी छ।

विश्व स्वास्थ्य संगठनले यस्तो अन्योल हटाउने र ती लक्षणहरुलाई प्रष्ट्याउने प्रयास गरेको छ।

तपाईंलाई देखिएको लक्षण कोभिड-१९ को हो वा अरू संक्रमणको संकेत हो भन्ने बुझ्‍न यी कुराले सहयोग पुर्‍याउन सक्छन्।

कोभिड-१९

-ज्वरो

-सुख्खा खोकी

-श्वासप्रश्वासमा कठिनाई

-थकान

फ्लु

-तुरून्तै ज्वरो आउनु

- खोकी

- टाउको दुख्नु

- मांसपेशी र जोर्नीमा दुखाई

- घाँटी सुनिनु

- नाकबाट निरन्तर सिँगान बहनु

एलर्जी

- निरन्तर हाँच्छ्यु आउनु

- खोकी

- आँखा चिलाउनु, आँसु आइरहनु र रातो हुनु

- नाकबाट निरन्तर सिँगान बहनु

प्रतिक्रिया दिनुहोस्