काठमाडौं। चालु आर्थिक वर्षको पुस महीनासम्ममा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी प्रतिवद्धता अघिल्लो वर्षको तुलनामा ३१५.३ प्रतिशतले बढेको अर्थ मन्त्रालयले बताएको छ।
अघिल्लो वर्षको सोही अवधीमा ४५ अर्ब ८३ करोड ३६ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। चालु आर्थिक वर्षको पुस महीनासम्ममा एक खर्ब ९० अर्ब ३६ करोड २० लाख वैदेशिक लगानीको प्रतिबद्धता आएको अर्थ मन्त्रालयले बताएको छ।
उक्त लगानी प्रतिबद्धतामध्ये १ खर्ब ६२ अर्ब ३७ करोड ७० लाख रूपैयाँ लगानी बोर्डमार्फत स्वीकृत भएको छ भने २७ अर्ब ९८ करोड ५० लाख रुपैयाँ बराबरको लगानी उद्योग विभागबाट स्वीकृत भएको छ।
उद्योग विभागमा चालु आर्थिक वर्षको आठ महीनामा १७३ वटा वैदेशिक लगानीका उद्योग दर्ता भएका छन्।
वैदेशिक सहायता एक खर्ब नौ अर्ब
चालु आर्थिक वर्षको माघ महीनासम्ममा एक खर्ब नौ अर्ब २८ करोड रूपैयाँ बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रालयको तथ्याङ्क छ।
यसमध्ये अनुदान १६ अर्ब २० करोड रूपैयाँ र ऋण ९३ अर्ब ८ करोड रूपैयाँ रहेको छ।
यस अवधिमा प्राप्त वैदेशकि अनुदान गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८० प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमो माघ महीनासम्म ७ अर्ब ५० करोड रूपैयाँ बैदेशिक अनुदान प्राप्त भएको थियो भने यस वर्षको माघ महीनासम्ममा वैदेशिक अनुदान बढेर १३ अर्ब ४९ करोड रूपैयाँ पुगेको अर्थ मन्त्रालयको तथ्याङ्क छ।
११ खर्ब पुग्यो ऋण
चालु आर्थिक वर्षको माघ महीनासम्ममा सरकारले तिर्न बाकी ऋण ११ खर्ब १४ अर्ब ८१ करोड पुगेको छ। यसमध्ये आन्तरिक ऋण ४ खर्ब ५१ खर्ब ९ करोड रूपैयाँ छ भने वैदेशिक ऋण ६ खर्ब ६३ अर्ब ७२ करोड रहेको छ।
करदाताको संख्या ४८ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको माघ महीनासम्ममा स्थायी लेखा नम्बर लिएर कर तिर्ने करदाताको संख्या ४८.०३ प्रतिशतले बढेर ३२ लाख १४ हजार ४१० पुगेको छ। अघिल्लो वर्ष यो संख्या २१ लाख ७१ हजार ५२४ थियो।
त्यसमध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको संख्या १३ लाख ४५ हजार ९५५ पुगेको छ भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या १८ लाख ६४ हजार ४४८ पुगेको छ। चालु आर्थिक वर्षमा मात्रै व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या आठ लाख ७१ हजार ५६८ थपिएको अर्थ मन्त्रालयले बताएको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटबाट सबैले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएर मात्रै कारोबार गर्नुपर्ने नियम बनाएको छ।
" /> काठमाडौं। चालु आर्थिक वर्षको पुस महीनासम्ममा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी प्रतिवद्धता अघिल्लो वर्षको तुलनामा ३१५.३ प्रतिशतले बढेको अर्थ मन्त्रालयले बताएको छ।अघिल्लो वर्षको सोही अवधीमा ४५ अर्ब ८३ करोड ३६ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। चालु आर्थिक वर्षको पुस महीनासम्ममा एक खर्ब ९० अर्ब ३६ करोड २० लाख वैदेशिक लगानीको प्रतिबद्धता आएको अर्थ मन्त्रालयले बताएको छ।

">