नेपालबाट यात्रु लैजान कुवेतले लगायाे प्रतिबन्ध, जजिरा एअरवेजको काठमाडौं-कुवेत उडान स्थगित
काठमाडौं। कुवेतले नेपालबाट हवाई यात्रु लैजान नमानेपछि २९ फागुनको विहान जजिरा एअरवेजले जहाजमा चढिसकेका यात्रु पनि फर्काएको छ। कुवेतमा काेराेना भाइरसकाे संक्रमणा बढेपछि नेपालसँगकाे सीधा उडानबाट हवाई यात्रु लैजान कुवेतले राेक लगाएकाे छ।

२९ फागुनको विहान बिहान १ः५५ बजेको उडानको लागि यात्रु बोर्डिङ गरिएको थियो। तर, कोरोना संक्रमणको समस्यामा रहेको कुवेतले नेपालबाट हवाई यात्रु नल्याउन भनेकाले विमानमा चढेका यात्रु पनि घर फर्किन बाध्य हुनुपरेको हो।

जजिराको जेनेरल सेल्स एजेन्ट(जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिस लिमिटेडका व्यवस्थापन रमेश तामाङले बोर्डिङ भएका यात्रु पनि फर्किनु परेको बताए।

जजिरा एअरवेजले काठमाडौंबाट कुवेत हुँदै दोहासम्मको उडान गर्दै आएको छ। जजिराले कतारको दोहा जाने यात्रु भने लिएर गएको तामाङले जानकारी दिए।

जजिरा एअरवेजले १३ चैतसम्मको लागि काठमाडौं कुवेत उडान बन्द गरेको उनले जानकारी दिए।

कुवेतको जजिरा एअरवेजले गत मंसिरबाट नेपालमा हवाई उडान शुरू गरेको थियो।

कुवेतमा २९ फागुनसम्ममा ८० जनामा कोभिड–१९ भएको पुष्टि भएको छ। त्यसमध्ये ११ जनामा हिजोमात्रै कोरोना भाइरस संक्रमण भएको भेटिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्