काठमाडौं। कोरोना भाइसरसको संक्रमणको जोखिमका कारण सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको छ।
नोवल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेको हो। श्रम स्वीकृति दिन आजदेखि बन्द गरिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले जानकारी दिएका छन्।
नेपालको प्रमुख श्रम गन्तव्य मुलुक दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना भाइरस देखिएपछि ती मुलुकमा नेपाली कामदार नपठाउन सरकारलाई दवाव परेको थियो।
सरकारले दक्षिण कोरियामा मार्च महीनाभर श्रमिक नपठाउने निर्णय यसअघि नै गरिसकेको छ। कोरोना भइरसको संक्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाईसकेको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ।
२८ फागुनमा विश्व स्वास्थ्य स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोना भाइरस संक्रमणलाई महामारीको घोषणा गरेको थियो।