काठमाडौं । दुई दिनपछि नेपालको राजकीय भ्रमणमा आउने चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षाका लागि काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाइएको छ ।
सुरक्षाकर्मीहरुले आज बिहानैदेखि राजधानीका विभिन्न ठाउँमा गस्ती र चेकजाँच शुरू गरेका छन् । चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण तालीका सार्वजनिक भएपछि सुरक्षा निकायहरुले ‘विशेष योजना’सहित परिचालित भएको जनाएका छन् ।
चिनियाँ राष्ट्रपतिको भ्रमण सुरक्षामा चारवटै सुरक्षा निकाय– नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी उत्तमराज सुबेदीले राष्ट्रपति सीको भ्रमणलक्ष्यित सुरक्षा निगरानी तीव्र बनाइएको बताए । “हामीले विशेष सुरक्षा योजना बनाएरै सुरक्षा प्रबन्ध गरेका छौं,” उनले देखापढीसँग भने, “अन्य सुरक्षा निकायसँगको समन्वयमा चेकजाँच, गस्ती र पट्रोल तीब्र पारिएको छ।”
एसएसपी सुवेदीले चिनियाँ राष्ट्रपतिको आगमन हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी हिड्ने सबै रुट र होटलसम्मका सबै ठाउँमा सुरक्षाकर्मी तैनाथ भइसकेको बताए ।
सडकमा सेनाका बख्तरबन्द गाडीले समेत गस्ती शुरु गरेका छन् ।
चीनबाट उच्चस्तरीय भ्रमण हुँदा नेपालमा रहेका तिब्बती शरणार्थी सुरक्षामा सँधै टाउको दुखाइ हुने गर्छन् । तिब्बती शरणार्थीहरुले विरोध प्रदर्शन गर्न सक्ने खतरालाई ध्यानमा राखेर उनीहरुमाथि पनि प्रहरीले विशेष निगरानी बढाएको सुवेदीले बताए ।
यसअघि नै ‘स्वतन्त्र तिब्बत’ को नारा लेखेका ब्यानर, टिसर्ट, झोला, प्ले कार्र्ड लगायत प्रयोग गर्नेहरुमाथि पनि विशेष निगरानी बढाइएको छ । त्यसक्रममा प्रहरीले केही व्यक्तिलााई पक्राउ गरिसकेको छ ।
उनीहरुबाट विरोध प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर नियन्त्रणमा लिनेदेखि निगरानीमा राख्नेसम्मका काम भइरहेको एसएसपी सुवेदीले बताए ।
सशस्त्र प्रहरीले आज बिहानैदेखि सडकका दुवै किनार तथा पुल र आकासे पुलमा पहरा दिइरहेका छन् । सशस्त्रले गस्ती टोली समेत परिचालन गरेको छ ।
ब्यानर च्यात्ने दुईजना पक्राउ
यसैबीच चिनियाँ राष्ट्रपति सीको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा टाँसिएका ब्यानर च्यातेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो ।
उनीहरुलाई महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ । “जाँडरक्सी सेवन गरेको तालमा ब्यानर च्यातिएको खुल्न आएको छ”, एसएसपी सुवेदीले भने, “उनीहरुलाई कारबाहीको लागि अहिले प्रहरी हिरासतमा नै राखेका छौं।”
भारतको चेन्नईबाट २५ असोजमा सिधै काठमाडौं ओर्लिने चिनियाँ राष्ट्रपति २६ असोजमा बेइजिङ फर्कनेछन् ।