अमेरिकाले भुटानबाट एअर एम्बुलेन्समार्फत् उद्धार गरी लग्यो कोभिड-१९ का एक जना बिरामी
काठमाडौं। भुटानमा कोभिड–१९ भएको पाइएका एक जना अमेरिकी नागरिकलाई अमेरिकाले हवाई एम्बुलेन्समार्फत् उद्धार गरेको छ।

भुटानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर ती बिरामीलाई थप उपचारका लागि अमेरिका पठाइएको पुष्टि गरेको छ। अमेरिकास्थित ती बिरामीका परिवारजनको आग्रह बमोजिम भारतको दिल्लीमा रहेको अमेरिकी दूतावाससँगको समन्वयमा उनलाई पठाइएको भुटानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ती बिरामीलाई आज फोनिक्स एअरको विशेष हवाई एम्बुलेन्स (एन १६३ पीए) बाट अमेरिका पठाइएको हो।

एम्बुलेन्समा आवश्यक मेडिकल उपकरणसहित तालिमप्राप्त स्वास्थ्यकर्मीहरू समेत उपलब्ध छन्।

२२ फागुनमा ती व्यक्तिलाई कोभिड–१९ भएको पुष्टि भएको थियो। त्यसपछि उनलाई विशेषज्ञहरूको टीमले उत्कृष्ट स्वास्थ्य सेवा दिइएको भुटानले जनाएको छ।

बिरामीमा अन्य धेरै स्वास्थ्य समस्यासमेत रहेको र ती समस्याले बिरामीको स्वास्थ्यमा जोखिम बढाएको भुटानले जनाएको छ। उनको कमजोर स्वास्थ्य अवस्था, उमेर र संक्रमणको अवस्थालाई विचार गरी उनलाई पहिलो दिनबाट नै अक्सिजन दिइएको थियो।

अस्पताल भर्ना भएको तेस्रो दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्