दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा श्रीमान र छोरा घाइते भएका छन्।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नम्बरको जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

स्कुटरमा सवार भरतपुर महानगरपालिका-११ का ३० वर्षीया शोभा धितालको मृत्यु भएको छ।

गएराति भएको दुर्घटनामा शोभाका श्रीमान ३६ वर्षीय सुरज धिताल र ९ वर्षीय अर्पण घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए।

घाइते बावुछोराको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्