नेपाल एअरलाइन्सको काठमाडौं–दिल्ली उडान कटौती
काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली उडान कटौती गरेको छ। कोरोना भाइरस संक्रमणको त्रासले यात्रु संख्यामा उल्लेख्य कमी आएपछि निगमले आफ्नो उडान तालिका परिवर्तन गरेको हो।

काठमाडौं-दिल्ली रूटमा दैनिक दुईवटा उडान गर्दै आएको वायु सेवा निगमले १५ मार्चदेखि लागु हुने गरी एउटा उडान मात्रै गर्ने बताएको छ।

निगमले विहानको उडानलाई नियमित गर्दै साँझको उडान भने अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरेको छ।

बैंगलौरको नियमित उडान १९ र ३१ मार्चका लािग रद्द गरिएको छ भने मुम्वईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिल सम्मलाई रोकिएको छ।

११ मार्च र २५ मार्चको बैंकक उडान एवं हङकङको १९ मार्च र २६ मार्चको उडान पनि रद्द गरिएको निगमका प्रवक्ता अर्चना खड्काले बताइन्।

यसका साथै, निगमले काठमाडौं–दोहाबीचको उडान अर्को सूचना नआउँदा सम्मका लागि २७ फागुनदेखि नै स्थगित गरिसकेको छ।

उपरोक्त उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने र टिकट लिइसकेका यात्रुले एक पटक उडानको मिति परिवर्तन गर्दा शुल्क नलाग्ने निमगले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्