कैलाली। भारतको सुरतबाट अत्तरिया पुगेका काेराेना भाइरस संक्रमणका शंकास्पद तीनजनालाई सेती प्रादेशिक अस्पताल ल्याइएको छ।
भारतमा कोरोना भाइरस संक्रमणकाे आशंका गरिएका एक महिलासहित तीनजनालाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।
कैलालीको गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले तीनजनालाई मालाखेती अस्पतालको एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल पुर्याएको बताए।
गोदावरी नगरपालिकाका अनुसार वडा नम्बर १२ का अध्यक्षलाई भारतबाट एकजनाले फोन गर्दै ती महिलामा कोरोनाको आशंका गरिएको र भागेर अत्तरिया आएको खबर गरेपछि प्रहरीको सहयोगमा उनीहरूलाई अस्पताल ल्याइएको हो।
सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशीले स्वास्थ्य परीक्षणपछि मात्रै विस्तृत जानकारी हुने बताए।
" /> कैलाली। भारतको सुरतबाट अत्तरिया पुगेका काेराेना भाइरस संक्रमणका शंकास्पद तीनजनालाई सेती प्रादेशिक अस्पताल ल्याइएको छ।भारतमा कोरोना भाइरस संक्रमणकाे आशंका गरिएका एक महिलासहित तीनजनालाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।

">