काठमाडौं। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद सम्बन्धी सबै प्रक्रिया रद्धगरी खुल्ला प्रतिस्पर्धाबाट खरीद गर्न सरकारलाई निर्देशन दिएको छ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदको लागि ग्लोबल टेण्डरको प्रक्रिया अपनाउन सरकारलाई निर्देशन दिएको हो।
समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत सेक्युरिटी प्रेस स्थापनामा दुरूपयोग भए÷नभएको छानबिन गर्न निर्देशन दिएको छ।
त्यस्तै, समितिले जीटुजी सम्बन्धमा सम्बन्धित मन्त्री र मुख्यसचिवसँग छलफल गर्ने तथा खरीद प्रक्रियाको लागत अनुमान लगायतका विषयमा समेत छानबिन गर्ने भएको छ।
समितिको बैठकमा सांसद मिनेन्द्र रिजालले खरीद प्रक्रियामा बदमासी गर्नेमाथि समिति मौन बस्न नहुने बताए। “जुन किसिमले छापाखाना खरीदविक्रीको काम गर्न थालिएको थियो त्यसमा भएको बदमासीको बारेमा समिति नबोली बस्न हुँदैन”, उनले भने।
सांसद राजेन्द्र केसीले लेखा समितिले खरीद गर्ने या नगर्ने निर्णय गरेर निर्देशन दिन नहुने बताए। उनले खरीद गर्न आवश्यक भए जीटुजी प्रक्रियाबाट खरीद गर्न निर्देशन दिनुपर्नेमा जोड दिए। उनले भनेका थिए, “हामीले खरीद गर, नगर, स्थगन गर भन्नु मनासिव होइन। खरीद गर्नुपर्ने आवश्यक भएमा ग्लोबल टेण्डरबाट खरीद गर्ने निर्देशन दिनु राम्रो हुन्छ”, उनले भने।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा ७० करोड कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि तत्कालिन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिनु परेको थियो।