सेती अस्पतालले भन्याे, ‘शंकास्पद भनिएका तीनजनामा काेभिड-१९ काे लक्षण देखिएन’
<p>कैलाली। भारतको सुरतबाट कैलालीको अत्तरिया पुगेका शंकास्पद भनिएका तीनजनालाई सेती प्रादेशिक अस्पतालले घर पठाएको छ।</p>
<p>अस्पताल पुर्‍याइएका तीनैजनामा कोराेना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएपछि घर फर्काइएको अस्पतालले जानकारी दिएको छ।</p>
<p>उनीहरूको स्वास्थ्य परीक्षणका क्रममा कोराेना भाइरसको कुनै लक्षण नदेखिएकाले घर फर्काइएको सेती प्रादेशिक अस्पतालका डा. जगदीश जोशीले बताए।</p>
<p>यसअघि उनीहरूलाई अत्तरिया महेन्द्रनगर रोडबाट स्थानीय जनप्रतिनिधिको सहयोगमा मालाखेती अस्पतालको एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्