बुवालाई ढाेगेर निवास प्रवेश गरे प्रधानमन्त्री

काठमाडौं। अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार पुगेका छन्।

बालुवाटारमा उनलाई बुवा ९० वर्षीय मोहनप्रसाद ओलीले स्वागत गरे।

त्यसक्रममा प्रधानमन्त्री ओलीले बुवालाई ढोगेर स्वास्थ्यलाभको आर्शीवाद लिएका छन्।

यसअघि १९ फागनुमा अस्पतालका लागि प्रस्थान गर्ने बेला पनि प्रधानमन्त्री ओलीले बुवालाई ढोगेर आर्शीवाद लिएका थिए।

मिर्गौला प्रत्यारोपणका लागि जानुअघि बुवासँग आर्शीवाद लिँदै प्रधानमन्त्री ओली।

२१ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली आज डिस्चार्ज भएका हुन्।

चिकित्कसहरूका अनुसार उनले चिकित्सकको निगरानीमा रहेर नियमित सबै काम गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्