कााठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडी जहाज खरीदमा बद्मासी भएको टिप्पणी गरेका छन्। उनले अनियमिततामा संलग्नलाई बिनापूर्वाग्रह कारबाही गर्नुपर्ने समेत बताएका छन्।
“वाइडबडीमा त देखादेखी बद्मासी छ। जोसुकै होस् छोड्ने कुरा आउँदैन। जोसुकै, जुनसुकै क्षेत्रमा होस्। आग्रह पालेर गर्नुपर्ने केही आवश्यकता छैन। पूर्वाग्रह पाल्नुपर्ने केही आवश्यकता छैन। दोषीले सजाय भोग्नुपर्छ”, प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले भने।
उनले तारागाउँ, वाइडबडी, न्यारोबडी लगायतमा आर्थिक अनियमितताका कयौँ प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए।
नेपालले विकास निर्माण लगायतका आयोजनाहरू बनाउँदा दीर्घकालिन सोंचका साथ कार्ययोजना बनाउन सुझाव दिए। छोटो समयमा नै असफल देखिने योजनाहरू बनाइएको भन्दै उनले सम्भावित आवश्यकता र प्रभावको आकलन गरेर योजना तर्जुमा गर्न आग्रह गरे।
लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा बनाइएको एरोवृजको उदाहरण दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको जग्गा प्रयोग, बालुवाटारको प्रधामन्त्री निवास र मन्त्री क्वाटरका भवन निर्माणमा पनि दीर्घकालिन सोंच राख्न नसकिएको नेपालले बताए।
नेकपाका वरिष्ठ नेता समेत रहेका नेपालले काठमाडौंमा लिने हवाई इन्धनको मुल्य अत्यन्तै बढी भएकाले टर्किस एअरलायन्सले उडान नै स्थगित गर्ने सम्भावना रहेकाले त्यसबारे मन्त्रालयको ध्यानाकर्षण गराए।
" /> कााठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडी जहाज खरीदमा बद्मासी भएको टिप्पणी गरेका छन्। उनले अनियमिततामा संलग्नलाई बिनापूर्वाग्रह कारबाही गर्नुपर्ने समेत बताएका छन्।“वाइडबडीमा त देखादेखी बद्मासी छ। जोसुकै होस् छोड्ने कुरा आउँदैन। जोसुकै, जुनसुकै क्षेत्रमा होस्। आग्रह पालेर गर्नुपर्ने केही आवश्यकता छैन। पूर्वाग्रह पाल्नुपर्ने केही आवश्यकता छैन। दोषीले सजाय भोग्नुपर्छ”, प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले भने।

">