काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो एउटा ट्वीट गरे- ‘कोरोना भाइरसको संक्रमणविरुद्ध बलियो रणनीतिको रूपरेखा बनाउन म सार्कका नेताहरूसमक्ष प्रस्ताव गर्न चाहन्छु। नागरिकलाई स्वस्थ राख्नका लागि पहल लिन हामी भिडिओ कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं।’

१०-११ मंसीर २०७१ मा काठमाडौंमा सम्पन्न दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८औं शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएका थिए। उक्त सम्मेलन समापनपछि १९औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने निर्णय भएको थियो।

त्यसका लागि ३० कात्तिक–१ मंसीर २०७३ को समय तोकिएको थियो। तर, भारतको उरीमा अवस्थित सैनिक क्याम्पमा हमला भयो। त्यसलाई आतंकवादी हमलाको संज्ञा दिन भारतले आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगायो।

दुई देशबीच तनाव बढ्दै जाँदा ११ असोजमा भारतले पाकिस्तानमा हुने भनिएको सार्कको १९औं शिखर सम्मेलनमा आफू सहभागी नहुने घोषणा गर्‍यो। भारतको यो घोषणपछि उस्तै घोषणामार्फत् अफ्गानिस्तान, बांग्लादेश र भुटानले पनि सहभागी नहुने जानकारी दिए।

सार्कका कुनै एक देशको पनि अनुपस्थितिमा शिखर सम्मेलन हुन नसक्ने अवस्था भएकोमा ८ मध्ये चार देश सहभागी नहुने भएपछि १९औं शिखर सम्मेलन स्थगित भयो। त्यसपछि उपयुक्त समयमा नयाँ मिति सार्वजनिक गर्ने बताइए पनि हालसम्म नयाँ मिति सार्वजनिक हुन सकेको छैन।

त्यसपछि भारतले सार्कलाई महत्वमा राखेन। सार्क अध्यक्षको हैसियतमा नेपालले केही अन्तर्राष्ट्रिय फोरमहरूमा सार्कको महत्वबारे बताउँदै आएको भए पनि भारतले निरन्तर उपेक्षा गरिरह्यो। क्षेत्रीयस्तरमा पाकिस्तानलाई एक्ल्याउने रणनीति अनुरूप भारत बरु बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) तर्फ आकर्षित भयो। बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन्।

भारतकै अरूचिका कारण सार्कको शिखर सम्मेलन अनिश्चित भएका बेला आज भारतीय प्रधानमन्त्री मोदीले एकाएक सार्कका नेताहरुबीच सहकार्यको आवश्यकतामा जोड दिएका छन्।

प्रधानमन्त्री मोदीको यस्तो ट्वीट आउनेबित्तिकै सार्क राष्ट्रमध्ये चार देशका सरकार प्रमुखले ट्वीटमार्फत् नै मोदीको पहलका लागि धन्यवाद दिएका छन्। मिर्गौला प्रत्यारोपण गरिएपछि अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाट गरेको पहिलो ट्वीटमार्फत् नै मोदीलाई धन्यवाद दिँदै क्षेत्रीय सहकार्यका लागि नेपाल तयार रहेको सन्देश प्रवाह गरे।

ट्वीटमार्फत् प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणसँग जुध्न सार्कस्तरीय सहकार्यका लागि आफू तयार रहेको बताए। भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै उनले लेखे- ‘सार्क राष्ट्रका नेताहरूले कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति विकास गर्ने मोदीजीको प्रस्तावलाई स्वागत गर्दछु। नेपाल सरकार सार्कका सदस्य राष्ट्रहरूका नागरिकलाई यो प्रकोपबाट जोगाउन गहिरो सहकार्य गर्न तयार छ।’

सार्क अध्यक्षको हैसियतमा नेपालले केही अन्तर्राष्ट्रिय फोरमहरूमा सार्कको महत्वबारे बताउँदै आएको भए पनि भारतले निरन्तर उपेक्षा गरिरह्यो। क्षेत्रीयस्तरमा पाकिस्तानलाई एक्ल्याउने रणनीति अनुरूप भारत बरु बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) तर्फ आकर्षित भयो।

त्यस्तै, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलीहले ट्वीटरमै मोदीको ट्वीटलाई ‘कोट रिट्वीट’ गर्दै लेखे– ‘यो महत्वपूर्ण विषयमा पहल लिएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद छ। कोभिड–१९ विरुद्धको लडाइँ जित्नका लागि सामूहिक प्रयत्न जरुरी छ। माल्दिभ्स क्षेत्रीय सहकार्य गर्ने यस्तो प्रस्तावलाई स्वागत र समर्थन गर्दछ।’

त्यस्तै श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले पनि सार्क राष्ट्रबीच सहकार्य गर्न आफू तयार गरेको बताएका छन्। भारतीय प्रधानमन्त्री मोदीकै ट्वीटमा जवाफ दिँदै उनले ‘यस्तो गजब पहलका लागि श्री नरेन्द्र मोदीलाई धन्यवाद छ’ लेखेका छन्। श्रीलंका ‘सार्क राष्ट्रबीच छलफल गर्न तथा आफ्ना सफल अभ्यास र सिकाइहरू बाँड्दै एक–अर्काबाट सिक्न’ तयार रहेको उनले जनाएका छन्।

राष्ट्रपति राजापाक्षेले लेखेका छन्- ‘हामी सबै मिलौं र एकताबद्ध भएर हाम्रा नागरिकलाई सुरक्षित राखौं।’

त्यस्तै, भुटानका प्रधानमन्त्री लोतो छिरिङले पनि क्षेत्रीय सदस्यका रूपमा अहिलेको जस्तो समयमा सबै एकै ठाउँमा उभिनुपर्ने बताएका छन्। ट्वीटमार्फत् उनले साना अर्थतन्त्र भएका देशलाई (कोरोना भाइरसको संक्रमणले) धेरै असर पार्ने भएकाले सहकार्य र समन्वयमा जोड दिएका छन् । उनले ट्वीटरमा भारतीय प्रधानमन्त्री मोदीलाई लेखेका छन्- ‘तपाईंको नेतृत्वमा हामीले तत्काल प्रभावकारी नतिजा देख्नेछौं, यसमा मलाई कुनै शंका छैन। भिडिओ कन्फ्रेन्सको प्रतीक्षा गरिरहेको छु।’

त्यस्तै, सार्क राष्ट्रबीच कोरोना भाइरसविरुद्धको लडाइँका लागि रणनीति बनाउने भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई अफगानिस्तानले पनि स्वागत गरेको छ। भारतका लागि अफगानिस्तानका राजदूत ताहिर कदारीले यसलाई उपयुक्त समयमा आएको प्रस्ताव भनेका छन् । उनले लेखेका छन्- ‘एकतावद्ध भएमा हामी उठ्ने छौं, फुट्यौं भने हामी लड्नेछौं ।’

भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव र सार्कका अन्य सदस्यराष्ट्रका नेताहरुको समर्थनलाई सार्क सचिवालयले पनि स्वागत गरेको छ। सार्क सचिवलायले कोरोना भाइरसविरुद्ध दक्षिण एशिया क्षेत्रस्तरीय बलियो रणनीति बनाउनका लागि सबै सदस्य राष्ट्रसँग काम गर्न सचिवालय तयार रहेको ट्वीटरमा उल्लेख गरेको छ।

२९ फागुन रातिसम्मको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आँकडा अनुसार कोरोना भाइरसबाट संक्रमितको संख्या दक्षिण एशियामा सबैभन्दा बढी भारतमा ७३ छ। त्यसपछि माल्दिभ्समा ८ तथा बांग्लादेशमा तीन जना संक्रमित भेटिएका छन्।

श्रीलंकामा दुई जना, भुटानमा एक जना र नेपालमा एक जना भेटिएका छन्। नेपालमा कोरोना भाइरस संक्रमित देखिएका व्यक्ति निको भइसकेका छन्। त्यस्तै भुटानमा भेटिएका संक्रमित अमेरिकी नागरिक हुन्। २२ फागुनमा संक्रमणको पुष्टि भएकोमा उनलाई आज नै अमेरिकाले एअर एम्बुलेन्समार्फत् उद्धार गरेको छ

" /> काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो एउटा ट्वीट गरे- ‘कोरोना भाइरसको संक्रमणविरुद्ध बलियो रणनीतिको रूपरेखा बनाउन म सार्कका नेताहरूसमक्ष प्रस्ताव गर्न चाहन्छु। नागरिकलाई स्वस्थ राख्नका लागि पहल लिन हामी भिडिओ कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं।’

"> मोदीले एकाएक किन सम्झिए निरन्तर उपेक्षा गर्दै आएको सार्कलाई ?: Dekhapadhi
मोदीले एकाएक किन सम्झिए निरन्तर उपेक्षा गर्दै आएको सार्कलाई ?

श्रीलंकामा दुई जना, भुटानमा एक जना र नेपालमा एक जना भेटिएका छन्। नेपालमा कोरोना भाइरस संक्रमित देखिएका व्यक्ति निको भइसकेका छन्। त्यस्तै भुटानमा भेटिएका संक्रमित अमेरिकी नागरिक हुन्। २२ फागुनमा संक्रमणको पुष्टि भएकोमा उनलाई आज नै अमेरिकाले एअर एम्बुलेन्समार्फत् उद्धार गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्