सिरी-ए क्लब साम्प्डोरियाका पाँच खेलाडीमा कोरोना भाइरस संक्रमण
काठमाडौं(एजेन्सी)। इटालियन 'सिरी-ए' क्लब साम्प्डोरियाका पाँचजना खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

क्लबले ३० फागुन साँझ यसको पुष्टि गरेको गोलडटकमले जनाएको छ।

साम्प्डोरियाले जारी गरेको वक्तव्यअनुसार रक्षक ओमार कोली, मिडफिल्डर अल्बिन एक्डल, फरवार्ड एन्टोलिनो ला गुमिना र मिडफिल्डर मोर्टेन थोर्स्बीको कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

क्लबले यसअघि नै फरवार्ड मनोलो गाबियादिनी कोरोना भारस संक्रमणको शिकार भएको पुष्टि गरिसकेको छ।

यूरोपको प्रतिष्ठितमध्येको फुटबल लिग 'सिरी-ए'का लागि यो स्तब्ध पार्ने घटना हो। साम्प्डोरिया 'सिरी-ए'को अंक तालिकामा १६ औं स्थानमा छ। पहिलो स्थानमा क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टस छ।

युभेन्टसका डिफेन्डर ड्यानियल रुगानीमाथि कोरोना भाइरस संक्रमण भएको यसअघि नै पुष्टि भइसकेको छ।

उता इंग्ल्याण्डमा इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा र चेल्सीका विंगर कालम हड्सन ओडोईमाथि कोरोना भाइरस संक्रमण भएको यसअघि नै सार्वजनिक भइसकेको छ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यूरोपेली च्याम्पियन्स लिग, इंग्ल्याण्डको इंग्लिस प्रिमियर लिग, स्पेनको ला लिगा, इटलीको सिरी ए, जर्मनीको बुन्डेसलिगालगायत सबै प्रतियोगिता स्थगित भइसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्