विभागले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले यसबारे सही सूचना प्रवाह गर्न आग्रह गर्दै सम्पादकहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो, जहाँ जनस्वास्थ्य विज्ञहरुदेखि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसमेत उपस्थित थिए।

त्यसक्रममा महानिर्देशक डा. श्रेष्ठले शंकास्पद व्यक्ति, तिनका परिवार र तिनको सम्पर्कमा आएका व्यक्तिसँग पुगेर परीक्षण गर्ने काम गरिरहेको उल्लेख गर्दै सरकारको सर्भिलेन्स प्रणाली बलियो बनाइएको दाबी गरे। अहिले हप्तामा ५०० जनाको ल्याब परीक्षण गर्न सक्ने क्षमता विभागसँग रहेको उनले बताए।

यसलाई यसलाई हप्तामा चार हजार जनाको कोरोना भाइरस संक्रमणसम्बन्धी परीक्षण गर्न सक्नेगरी विस्तार गर्ने क्षमता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको भन्दै उनले निजी क्षेत्रका ल्याबलाई समेत यसबारे आग्रह गरिएको बताए।

१०० जना बिरामीका लागि तयार

कार्यक्रममा स्वास्थ्य मन्त्रालयको कार्यसञ्चालन केन्द्रका सागर दाहालले कोरोना भाइरस संक्रमित १०० जना व्यक्तिको उपचार गर्नसक्ने क्षमता रहेको उल्लेख गरे। सम्पादकहरुले एकैचोटि १५०० जना संक्रमित भेटिए के गर्नुहुन्छ? भनेर सोधेका थिए। जवाफमा दाहालले भने, "हामी १०० जनाका लागि तयार छौं, १५०० केस आउने स्थिति भयो भने अर्को अप्रोचमा जानुपर्छ।"

विभागका महानिर्देशक डा. श्रेष्ठले विभागसँग कन्टिन्जेन्सी प्लान रहेको र कति विरामी आएमा कसरी उपचार गर्ने भन्नेबारे तयारी गरिएको बताए। उनले टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले क्षयरोगदेखि अरु थुप्रै रोगको जाँच हुनेगरेको उल्लेख गर्दै कोरोना संक्रमण फैलिए त्यसलाई कोरोनामा मात्र केन्द्रित गर्ने उल्लेख गरे।

उनले भने, "वीर अस्पतालमा पछाडिपट्टि डायलासिस भवन छ, हामी त्यसलाई कोरोना अस्पताल बनाउन सक्छौं। ६ महिनापछि गर्न सकिने उपचार र सेवालाई थाती राखेर धेरै कुरा यसमै लगाउँछौं।"

"> कोरोना भाइरस संक्रमितको उपचार खर्च कसले व्यहोर्ने?: Dekhapadhi
कोरोना भाइरस संक्रमितको उपचार खर्च कसले व्यहोर्ने?
काठमाडौं। चीनबाट शुरु भएको कोरोना भाइरस संक्रमणको त्रास विश्वव्यापी बनेको छ। विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ।

यूरोपेली मुलुकदेखि अमेरिका र मध्यपूर्वदेखि दक्षिण एशियासमेत यसको चपेटामा परेका छन्। नेपालमा अहिलेसम्म एकजनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भए पनि उनी ठिक भइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभागका अनुसार अहिलेसम्म कोरोना भाइरस संक्रमणको आशंका गरिएका ४५६ जनामा गरिएको परीक्षणको ल्याब रिपोर्ट भने नेगेटिभ आएको छ। अर्थात् अहिले नेपालभित्र कोरोना भाइरसको संक्रमण भित्रिएको आधिकारिक आँकडा छैन।

तर, के नेपाल यो विश्वव्यापी महामारीबाट जोगिएला? यो प्रश्नको उत्तर धेरै हदसम्म कोरोना संक्रमणको जोखिमसँग लड्न कस्तो तयारी गरिन्छ भन्नेमा निर्भर छ। नेपालमा यो महामारी भित्रियो भने अवस्था कस्तो होला? त्यो बेला संक्रमितहरुको उपचार कसरी होला? अनि उनीहरुको उपचार खर्च कसले व्यहोर्ला?

यसको उत्तर स्वास्थ्य मन्त्रालय र मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागसँग समेत छैन।

"कोरोना भाइरस संक्रमितको उपचार खर्च अहिलेलाई हामीले निःशुल्क भनेका छौं तर भोलि के हुन्छ भन्न सकिन्न," विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले आज काठमाडौंमा सम्पादकहरुसँगको भेटमा भने, "सरकारले यसबारे केही निर्णय नगरेकाले यसै भन्न सकिन्न।"

विभागले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले यसबारे सही सूचना प्रवाह गर्न आग्रह गर्दै सम्पादकहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो, जहाँ जनस्वास्थ्य विज्ञहरुदेखि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसमेत उपस्थित थिए।

त्यसक्रममा महानिर्देशक डा. श्रेष्ठले शंकास्पद व्यक्ति, तिनका परिवार र तिनको सम्पर्कमा आएका व्यक्तिसँग पुगेर परीक्षण गर्ने काम गरिरहेको उल्लेख गर्दै सरकारको सर्भिलेन्स प्रणाली बलियो बनाइएको दाबी गरे। अहिले हप्तामा ५०० जनाको ल्याब परीक्षण गर्न सक्ने क्षमता विभागसँग रहेको उनले बताए।

यसलाई यसलाई हप्तामा चार हजार जनाको कोरोना भाइरस संक्रमणसम्बन्धी परीक्षण गर्न सक्नेगरी विस्तार गर्ने क्षमता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको भन्दै उनले निजी क्षेत्रका ल्याबलाई समेत यसबारे आग्रह गरिएको बताए।

१०० जना बिरामीका लागि तयार

कार्यक्रममा स्वास्थ्य मन्त्रालयको कार्यसञ्चालन केन्द्रका सागर दाहालले कोरोना भाइरस संक्रमित १०० जना व्यक्तिको उपचार गर्नसक्ने क्षमता रहेको उल्लेख गरे। सम्पादकहरुले एकैचोटि १५०० जना संक्रमित भेटिए के गर्नुहुन्छ? भनेर सोधेका थिए। जवाफमा दाहालले भने, "हामी १०० जनाका लागि तयार छौं, १५०० केस आउने स्थिति भयो भने अर्को अप्रोचमा जानुपर्छ।"

विभागका महानिर्देशक डा. श्रेष्ठले विभागसँग कन्टिन्जेन्सी प्लान रहेको र कति विरामी आएमा कसरी उपचार गर्ने भन्नेबारे तयारी गरिएको बताए। उनले टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले क्षयरोगदेखि अरु थुप्रै रोगको जाँच हुनेगरेको उल्लेख गर्दै कोरोना संक्रमण फैलिए त्यसलाई कोरोनामा मात्र केन्द्रित गर्ने उल्लेख गरे।

उनले भने, "वीर अस्पतालमा पछाडिपट्टि डायलासिस भवन छ, हामी त्यसलाई कोरोना अस्पताल बनाउन सक्छौं। ६ महिनापछि गर्न सकिने उपचार र सेवालाई थाती राखेर धेरै कुरा यसमै लगाउँछौं।"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्