कोरोना संक्रमित व्यक्ति भागेपछि टेकु अस्पतालका झ्यालमा ग्रिल लगाइयो

काठमाडौं। दक्षिण कोरियाबाट आएका एक नेपालीलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै टेकुस्थित सरुवा रोग अस्पताल पुर्‍याइयो। तर, भोलिपल्टै ती विरामी त्यहाँबाट भागे।

उनलाई खोज्ने क्रममा विराटनगरबाट पुनः नियन्त्रणमा लिइयो र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरियो। उनी फेरि भागे। पुनः नियन्त्रणमा लिएपछि उनको अहिले प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ।

यो घटनाले स्वास्थ्य सेवा विभाग र टेकु अस्पतालको आलोचना पनि भयो।

विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठका अनुसार ती विरामी झ्यालबाट हाम्फालेर भागेका थिए।

यो घटनापछि टेकु अस्पतालले सुरक्षाका उपाय अवलम्बन गर्न अस्पतालका झ्यालमा ग्रिल लगााएको छ।

टेकु अस्पतालको भवन निकै पुरानो भएकाले झ्यालमा ग्रिल पनि थिएनन्, १० दिनअघि त्यहाँबाट सरुवा भएका अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले भने, "अब फेरि यस्तो नहोस् भनेर झ्यालहरुमा ग्रिल लगायौं, अब त्यसरी कोही नभाग्लान्।"

प्रतिक्रिया दिनुहोस्