हेटौँडा–काठमाडौ रोपवेको सम्भाव्यता अध्ययन गरिने <p>काठमाडाैं। वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा&ndash;काठमाडौँ जोड्ने रोपवे लाइन सञ्&zwj;चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताएका छन्। &nbsp; &nbsp;</p> <p>फुयाँलले पृथ्वी&ndash;सिद्धार्थ&ndash;त्रिभुवन राजमार्ग जोड्ने र बर्दिबास&ndash;काठमाडौँ जोड्ने राजमार्गमा यदाकदा बाढी, पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाका सर्वसाधारणलाई इन्धन, खाद्यान्न र निर्माण सामग्रीका लागि सहज आपूर्ति तुल्याउन पुरानो हेटौँडा&ndash;काठमाडौँ जोड्ने रोपवेलाई सञ्चालन गर्न पहल गर्ने बताए। उनले प्रदेश सरकारले आगामी आव २०७७/७८ मा कार्यान्वयन गर्नेगरी काम अघि बढाउने दृढता व्यक्त गरे। &nbsp; &nbsp;&nbsp;<br /> &nbsp; &nbsp; &nbsp;<br /> ३० फागुनमा फुयाँलकै कार्यकक्षमा मकवानपुरका उद्यमी व्यवसायी, सर्वसाधारण नागरिक र हेटौँडा&ndash;काठमाडौँ रोपवेका पूर्वकर्मचारीले भेटघाट गरी उक्त रोपवे लाइनलाई चाडै सञ्चालन गर्न सुझावसहित माग प्रस्तुत गरेका थिए। हेटौँडा उपमहनगरपालिका&ndash;१ चौकीटोलमा स्थापित देशकै एकमात्र पुरानो हेटौँडा&ndash;काठमाडौँ जोड्ने रोपवे लाइन विगत एक दशकदेखि बन्द रहेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्