मौसम परिवर्तनसँगै डेंगुका बिरामी भेटिए, ३६ जनामा संक्रमण

काठमाडौं। मौसम परिवर्तनसँगै केही दिनयता डेंगुका बिरामी फेला परेका छन्।

गत पुसको दोस्रो सातादेखि फागुन अन्तिमसम्म देशभर ३६ जनामा डेंगु रोग भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ।

पछिल्लो साढे दुई महीनामा देखिएका डेंगुका बिरामीमध्ये सबैभन्दा बढी रुपन्देहीमा ११ जना छन्।

प्रदेश १ को झापामा १, मोरङमा ३ र सुनसरीमा २ जना छन्।

त्यस्तै नुवाकोटमा १, काठमाडौंमा ३, ललितपुरमा ३, रामेछाप र मकवानपुरमा १/१ जना गरी वागमती प्रदेशमा ९ जना डेंगुका बिरामी फेला परेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशमा गोरखामा १, म्गाग्दीमा १, कास्कीमा २ र नवलपरासी सुस्तापूर्वमा १ जनामा डेंगु देखिएको छ।

सुदूरपश्‍चिमका डडेलधुरा र कैलालीमा १/१ जना गरी दुईजना डेंगुका बिरामी फेला परेका छन्।

प्रतिक्रिया दिनुहोस्