तनहुँमा नेकपाको तीन महीने अभियान शुरू

दमौली। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले तीन महीने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरू गरेको छ।

नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले १ चैतमा अभियानको शुरूआत गरे।

उनले तनहुँका दशवटै स्थानीय तहमा सुदृढीकरण अभियानलाई प्रभावकारी रुपमा संचालन गरिने बताए।

चुमानले भने, “पार्टी एकतापछि गठन भएको नेकपाका कार्यकर्ताबीच भावनात्मक सम्बन्ध कायम गर्न अभियानले सहयोग पुग्नेछ।”

अभियानमा अहिले विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को को जोखिमबाट बच्‍न अपनाउनु पर्ने सावधानीबारे सचेतनाका क्रियाकलाप पनि समेटिने बताइएको छ।

८५ स्थानमा कार्यक्रम तय गरिएको नेकपा तनहुँका सचिव राजेन्द्रकेशरी न्यौपानेले बताए।

उक्त अभियान जेठ मसान्तसम्म चल्नेछ। रासस

प्रतिक्रिया दिनुहोस्