काठमाडौं। विश्वव्यापी महामारीका रूपमा फैलिंदै गएको कोरोना भाइरसको संक्रमणसँग जुध्न साझा रणनीति बनाउन दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रले आज भिडिओ वार्ता गर्दैछन्।
अपरान्ह ५ बजे भिडिओ कन्फ्रेन्समा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारमा जाने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीलाई बताए।
महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्योरोपणछि स्वास्थ्यलाभ गरेर प्रधानमन्त्री ओली ३० फागुनमा डिस्चार्ज भइसकेका छन्।
१८औं शिखर सम्मेलनपश्चात गतिविधि शून्यजस्तै भएको बेला आज हुने भिडिओ वार्ताले सार्क ब्युँताउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भारतीय प्रधानमन्त्री मोदीले ३० फागुनमा ट्वीट गर्दै दक्षिण एशियाली नेताहरूसमक्ष कोरोना भाइरसविरुद्ध बलियो रणनीतिको रूपरेखा तयार पार्न प्रस्ताव राखेका थिए।
साथै उनले नागरिकलाई स्वस्थ राख्नका लागि पहल लिन भिडिओ कन्फ्रेन्समार्फत् छलफल गर्न सक्ने बताएका थिए।
लगत्तै सार्कका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोना भाइरसको संक्रमणसँग जुध्न नेपाल सार्कस्तरीय सहकार्यका लागि तयार भएको बताएका थिए।
त्यस्तै, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलीह, श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे, भुटानका प्रधानमन्त्री लोतो छिरिङ, भारतका लागि अफगानिस्तानका राजदूत ताहिर कदारीले पनि मोदीको प्रस्तावको स्वागत गरेका थिए।
भारतकै अरूचिका कारण सार्कको शिखर सम्मेलन अनिश्चित भएका बेला भारतीय प्रधानमन्त्री मोदीले काेराेना भाइरससँग जुध्न सार्कलाई एकाएक सम्झिएका छन्।
" /> काठमाडौं। विश्वव्यापी महामारीका रूपमा फैलिंदै गएको कोरोना भाइरसको संक्रमणसँग जुध्न साझा रणनीति बनाउन दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रले आज भिडिओ वार्ता गर्दैछन्।अपरान्ह ५ बजे भिडिओ कन्फ्रेन्समा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारमा जाने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीलाई बताए।

">