स्पेनका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्‍नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्पेन सरकारले बेगोनालाई परीक्षणको क्रममा कोभिड-१९ पोजेटिभ देखिएको पुष्टि गरेको छ।

कोरोना भाइरस संक्रमणविरुद्ध देशभर आपतकालीन अवस्था लागू गरेको केही समयमै प्रधानमन्त्री सान्चेजकी पत्नीलाई संक्रमण पुष्‍टि भएको हो।

बेगोनालाई अहिले आइसोलेसनमा राखेर उपचार भइरहेको बताइएको छ।

प्रधानमन्त्री सान्चेज पनि आइसोलेसनमा बसेका छन्। उनको स्वास्थ्य भने राम्रो छ।

यसअघि स्पेनी मन्त्रिपरिषद्का दुईजना मन्त्रीमा पनि कोरोना भाइरस संक्रमण देखिइसकेको छ।

उनीहरू दुवैजनाको स्वास्थ्य सुधार भइरहेको अन्तर्राष्‍ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्