काठमाडौं। राष्ट्रिय सभाको आजको बैठक दिउँसो १ बजे बस्दैछ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकको शुरूमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा मनोनयनका लागि सदस्यहरूको नाम प्रस्ताव गर्नेछन्।
त्यस्तै तराई-मधेशको डुबानसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि १२ साउन २०७६ को बैठकले दिएको राय साथै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीको ध्यानाकर्षणसम्बन्धी प्रस्तावमा छलफल हुनेछ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले पारमाणविक विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाइ सेवा प्राधिकरण विधेयकलाई सभामा पेश गर्ने कार्यसूची छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक पारितका लागि प्रस्तुन गर्नेछन्।
संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार आजको बैठकमा पूर्वमन्त्री तथा संविधान सभा सदस्य पूर्णकुमार शेर्माको निधनमा शोक प्रस्ताव पेश गर्ने अर्को कार्यसूची छ।
" /> काठमाडौं। राष्ट्रिय सभाको आजको बैठक दिउँसो १ बजे बस्दैछ।संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकको शुरूमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा मनोनयनका लागि सदस्यहरूको नाम प्रस्ताव गर्नेछन्।

">