कोभिड-१९ को पूर्वतयारी: प्रदेश २ मा ११५ आइसोलेसन वार्ड राखिने <p>धनुषा। प्रदेश २ स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको संक्रमणको जोखिमको पूर्वतयारी गर्दै ११५ आइसोलेसन वार्ड स्थापनाको काम अघि बढाएको छ।</p> <p>निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा तीन, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच, क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० र वीरगंजस्थित नेशनल मेडिकल कलेजमा ५० आइसोलेसन वार्ड निर्माण गरिने जानकारी दिए।</p> <p>कोरोना संक्रमण भित्रिन नदिन प्रदेश २ मा भारतसँग जोडिएका सीमा क्षेत्रमा हेल्थ डेस्कहरू राखिएका छन्। &nbsp;</p> <p>धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भारतमा कोरोनाको संक्रमण देखापरेकोले खुला सिमाना भएका कारण सीमाक्षेत्रमा निगरानी बढाइएको बताएका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्