कोरोना संक्रमितको उपचारका लागि सेनाले बनायो ५२ आइसोलेसन वार्ड
काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड–१९ सँग जोगिने तयारीस्वरुप नेपाली सेनाले काठमाडौं उपत्यकासहित देशभर ५२ वटा आइसोलेसन कक्ष निर्माण गरेको छ। तीमध्ये केही तयार भइसकेका छन् भने केही निर्माणाधीन छन्।
काठमाडौंमा छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा आवश्यक स्वास्थ्य सेवासहित १० वटा आइसोलेसन वार्ड निर्माण गरिएको छ।
उपत्यकाबाहिर पोखरा, इटहरी र नेपालगञ्जमा रहेका सैनिक अस्पतालमा पनि आइसोलेसन कक्ष निर्माण भइरहेको छ।
“उपत्यका बाहिरका यी तीनवटा अस्पतालमा २/२ वटा कक्ष निर्माण गरिरहेका छौं”, सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले देखापढीसँग भने।
पाण्डेका अनुसार देशका १८ ठाउँमा रहेका सैनिक गण र गुल्ममा रहेका ‘फिल्ड एम्बुलेन्स’मा पनि २/२ वटा आइसोलेसन कक्ष निर्माण भइरहेका छन्।
सेनाले आफ्ना स्वास्थ्यकर्मीसँगै पृतना, बाहिनी, गण र गुल्मसम्म रहेका जनशक्तिलाई कोरोना भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने आवश्यक सबै तयारीमा रहन निर्देशनसमेत दिइसकेको छ।
यस्तै संक्रमितको उपचारका लागि गर्नुपर्ने काम र विधिका बारेमा सेनाले भद्रकालीमा करिब ५० वटा ‘नमुना क्वारेन्टाइन’ बनाएर पूर्वतयारीको अभ्याससमेत शुरू गरेको छ।
त्यहाँको क्वारेन्टाइनमा ५०/६० जना स्वास्थ्यकर्मीहरू राखेर भोलि, ३ चैतदेखि आवश्यक तालिम दिइने छ।
यसअघि चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो।
त्यहाँको व्यवस्थापन तथा हेरचाहको जिम्मासमेत नेपाली सेनालाई नै दिइएको थियो।
अहिले भद्रकालीमा बनाइएको नमुना क्वारेन्टाइनमा पनि बिरामीलाई कसरी उपचार र हेरचाह गर्ने भन्ने विषयमा प्रशिक्षण दिइने सेनाले जनाएको छ।
सरकारले सुरक्षा निकायका अस्पताल र सरकारी अस्पतालहरूमा आवश्यक आइसोलेसन कक्ष निर्माण गर्न यसअघि नै निर्देशन दिएको थियो।
त्यस्तै विभिन्न निजी अस्पतालमा पनि आइसोलेसन कक्ष निर्माण भइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्