प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट झिकियो, केहीबेरेमा निवास फर्कने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा पेटमा राखिएको स्टेन्ट आज झिकिएको छ।

स्टेन्ट झिक्न प्रधानमन्त्री ओली आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पुगेका थिए।

अस्पताल स्रोतले स्टेन्ट झिकिएको र केहीबेर आराम गरेर प्रधानमन्त्री ओली बालुवाटारस्थित निवासमा फर्कने बतायो।

प्रधानमन्त्री ओलीको २१ फागुनमा शिक्षण अस्पतालमै मिर्गौला प्रत्यारोपण गरिएको थियो।

उनलाई अस्पतालले ३० फागुनमा डिस्चार्ज गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्